पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा
दिन मिल्दैन यहाँ अनि रात मिल्दैन यहाँ
सँग-सँगै बस्नलाई औ’कात मिल्दैन यहाँ !!
बिजनेसका कुरासँग सुख दु:खका कुरा,
धनी अनि गरिबको ”बात” मिल्दैन यहाँ !!
ठुलाको अगाडि हात जोड्नुपर्छ सानाले,
हाकिम र पियन बीच ‘हात’ मिल्दैन यहाँ !!