कलाकार रोशन श्रेष्ठको निधन !

काठमाडौं।

नेपाली फिल्मका एक सफल कलाकार रोशन श्रेष्ठको निधन भएको छ।

५१ वर्षीय कलाकार श्रेष्ठको जण्डिसका कारण दार्जिलिङमा निधन भएको चलचित्रकर्मी तथा रेडियोकर्मी प्रकाश सायमीले जानकारी दिनु भएको छ ।

कलाकार श्रेष्ठ कोरियाबाट फर्किएपछि अस्वस्थ थिए । उनी डिप्रेसनबाट समेत पीडित भएको बताइन्छ ।

कलाकार श्रेष्ठकी आफन्त मेनुका प्रधानका अनुसार आज बिहानमात्र उनको दाह संस्कार गरिएको छ ।
‘रोशन मेरो भाइ, आफ्नै बड़ाबाबुको छोरा हो । आज बिहान मात्र उसको दाह संस्कार गरियो । म दुई दिन त्यहीं थिएँ, प्रधानले भनेकी छन्– ‘यति चाँडो संसारदेखि बिदा लिएको विश्वासै लागिरहेको छैन ।’

कलाकार श्रेष्ठको जन्म सन् १९७१, अप्रिल २४ का दिन भएको थियो ।

दर्जनौं नेपाली फिल्महरुमा अभिनय गरेका कलाकार श्रेष्ठका बर पिपल, अधिकारी, आजका युवा आदि लोकप्रिय फिल्महरु अन्तर्गत पर्दछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार