नेदरल्याण्ड्स: जहाँ जनसंख्याभन्दा बढी साइकल छन् !

लिस्बन।

नेदरल्याण्ड्स विश्वकै सबैभन्दा बढी साइकल चलाउने नागरिक भएको देश मात्रै होइन, जनसंख्याभन्दा बढी साइकल भएको देश समेत हो।

साइकल चलाउनु नेदरल्याण्ड्सका नागरिकहरुको दैनिक जीवनको एक हिस्सा बनेको छ। यहाँ ७ देखि ७० उमेरसम्मका सबैले साइकल प्रयोग गर्छन्।

नेदरल्याण्ड्सको जनसंख्या १७ मिलियन छ जुन विश्वको जनसंख्याको शुन्य दशमलव २ प्रतिशत मात्रै हो। तर, आश्चर्यको कुरो के छ भने १७ मिलियन जनसंख्या भएको देशमा साइकलको संख्या भने २३ मिलियन छ।

नेदरल्याण्ड्समा बालबालिकालाई विद्यालयमा आवतजावत र ओसारपसार गर्न प्रयोग हुने साइकललाई मौसम जस्तोसुकै मनोरञ्जनका लागि पनि रुचाइएको छ । यस सन्दर्भमा २२ प्रतिशत काममा जान साइकल, १८ प्रतिशत विद्यालय जान र १४ प्रतिशत किनमेल गर्न, ३१ प्रतिशतले मनोरञ्जनका लागि र १६ प्रतिशतले अन्य प्रयोजनका लागि साइकल प्रयोग गर्छन्।

नेदरल्याण्डमा साइकल चलाउनु जीवन जिउने तरिकाको रुपमा लिईन्छ। यहाँ हरेक वर्ष लगभग एक मिलियन नयाँ साइकलहरू बेचिन्छन्। तीमध्ये आधा विद्युतीय सहयोगी साइकलहरू हुन् जसले पेडल गर्दा अतिरिक्त शक्ति प्रदान गर्दछ, तिनीहरूमा ब्याट्री जडान गरिएको हुन्छ।

सानै उमेरमा साइकलसँग परिचित भएका अधिकांशले सेकेन्ड ह्यान्ड साइकल प्रयोग गर्छन्।

नेदरल्याण्ड्समा साझा साइकल कार्यक्रम संचालन गरिएको छ। देशमा ३०० भन्दा बढी बिन्दुमा करिब २२,००० साझा साइकलहरु राखिएका छन्। यी साइकलहरु निश्चित शुल्क लिएर भाडामा लिएपछि प्रयोग गरिएपछि उनीहरूलाई लिएको ठाउँमा फिर्ता गरिन्छ।

विश्वको परिधिभन्दा करिब ३७,००० किलोमिटर (२२,९९१ माइल) साइकल बाटो भएको यो मुलुकमा प्रतिव्यक्ति औसत ८८८ किलोमिटर यात्रा गर्ने गरेको छ भने देशभर प्रति वर्ष करिब १५ अर्ब किलोमिटर साइकलबाट यात्रा गरिन्छ।

रेल स्टेशनहरूको वरपर साइकलहरूको लागि आरक्षित पार्किङ स्थानहरु बनाईएको छ। स्टेशनहरूको केन्द्र मानिने उट्रेच शहरमा १२ हजार ५०० साइकलहरूको क्षमता भएको विश्वको सबैभन्दा ठूलो साइकल पार्किङ स्थल छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार