काठमाण्डौ ।
नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरालाई तत्काल कार्यान्वयन गर्न चौधरीले देखाएकोे चासोप्रति आम मतदाताको ध्यान केन्द्रित भएको पाईन्छ ।
चौधरी निर्वाचन क्षेत्रमा आएको २० दिनमा उनकोे पहलमा त्रिबेणी भन्सार कार्यालयबाट नेपाल भारत आवत जावत गर्न सवारी अनुमती पत्र प्रदान गर्नका लागी भैरहवा मुल भन्सार कार्यालयमा पहल अगाडी बढाईएको छ ।
यसैगरी लामो समयदेखी क्षमता अनुसार बिद्युत उत्पादन हुन नसकेको नवलपरासी स्थित गण्डक सुर्यपुरा पावर हाउसलाई क्षमता अनुसार सन्चालनमा ल्याउन नेपाल बिद्युत प्राधिकारिणसँग छलफल गरि सोका लागि पहल गरेका छन्।
चौधरीले नवलपरासीको ग्रामीण क्षेत्रमा उत्पादन हुदै आएको केराको बजार व्यस्थापनका लागी केरा खेतीमा आधारीत उद्योग स्थापनाको काम अघि बढाएका छन् । यसैगरी यस क्षेत्रमा महिलालाई जिविकोपार्जन संग जोड्नका लागी महिला सिप बिकास कार्यक्रम अघि बढाउने योजना ल्याएका छन्।
चौधरीले बिशेष गरी यस क्षेत्रमा देखिएको युवा जनशक्तीलाई स्वरोजगारको व्यवस्था मिलाउनका लागि पनि विशेष पहल लिएका छन् । सामाजिक काममा समर्पित हुदै आएको सामाजिक सस्था चौधरी फाउण्डेसनले प्रतापपुरमा पोलिटेक्निक स्थापना गरेपछि यहाँका युवाहरुमा उत्साह थपिएको छ । अब युवाहरुले पोलिटेक्निकबाट विभिन्न व्यवसायिक तालिम पाउनेछन् र उनीहरुले स्वदेशमै रोजगारी पाउनेछन् । सामान्य आयआर्जनका लागि साहुकारसँग चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अब अन्त्य हुने विश्वास पनि गरिएको छ । यसैगरी यस अगाबै पश्चिम नवलपरासीकै ग्रामीण क्षेत्र सहित नारायणी नदी आसपास क्षेत्रमा गुगोल म्यापका भारतीय क्षेत्र देखिएका कारण बैक तथा वित्तिय संस्थाहरुले त्यस क्षेत्रमा गर्न नमान्ने बैंकिंग लगानी तत्काल अगाडी बढउन चौधरीले बैक तथा वित्तिय संस्थाहरुमा पहल गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुर्व पश्चिम राजमार्ग बुटवल –नारायणगढ सडक खण्डको सडक विस्तार आयोजनाको काममा गर्नुपर्ने तिव्रता लगायतका काममा गरिएको पहलले सरोकारवाला निकायमा समस्या समाधान गर्न क्रियाशिल भएको पाईन्छ ।
चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारतसंग अनौपचारीक रुपमा छलफल तथा कुटनितीक पहल द्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति चौधरी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधी सभा निर्वाचन १ मा चुनावी प्रतिष्पर्धामा छन् । मतदाता माझ पुगेका चौधरीले मतदातालाई नारायणी नदीका कारण हुने बाढी डुवानको दिर्घकालीन रुपमा समस्या समाधान गर्न माग गरेपछि चौधरीले आफ्नो पहल अगाडी बढाएका हुन्।