क्रोएसियाबाट अबैध बाटो हुदै पोर्चुगल हिडेकी नेपाली चेली स्लोभानियाको जंगलमा मृत फेला !

लिस्बन।

क्रोएसियाबाट अबैध बाटो हुदै पोर्चुगल हिडेकी नेपाली चेलीको जंगलमै निधन भएको छ । क्रोएसियाबाट अबैध बाटो हुदै युरोपियन मुलुक पोर्चुगल गन्तब्य बनाएकी सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की २१ बर्षिया सञ्जिता गोतामेको स्लोभानियाको जंगलमा मृत फेला परेकी हुन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो । उनि रोजगारीको सिलसिलामा क्रोएसिया आएको र त्यहाँओ अस्थायी आवास अनुमति समेत पाईसको बुझिएको छ । उनको निधनपछि समितिले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ ।

उता गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ ।

पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा स्थान्तरण गर्ने क्रम बढ्दो छ ।

अधिकांश नेपालीहरु राहदानी फ्याँकेर र बिचौलियालाई बुझाएर अबैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने क्रम बढ्दो छ ।

उता फ्रान्सस्थित राजदुतावासले पनि राहदानीको दुरुपयोग गरी सवार नगर्न सबै नेपाली समक्ष आग्रह गरेको छ । उसले जिउ ज्याननै धरापमा राखेर अवैधानिक रुपमा कुनैपनि मुलुकमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार