काठमाडौँ |
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच चारबुँदे सहमति भएको छ।
सोमबार सिंहदरबारमा पुन र उपप्रधानमन्त्री एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काबीच भएको वार्तापछि सहमति जुटेको हो। सरकारसँग सहमति भएसँगै पुनले गर्दै आएको आन्दोलन स्थगित भएको छ।
सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए। आन्दोलन शान्तिपूर्ण भएको र छलफल पनि सकारात्मक भई सहमति भएको उनको भनाइ छ।