तमुधिं यूकेका उपाध्यक्ष गुरुङ एन्फा कास्की ब्रान्ड एम्बास्डरमा मनोनीत !

लन्डन ।

बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतका लागि कास्की जिल्ला फुटबल संघ (एन्फा) को ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन्।

आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिमलिडरलाई बिदाइ कार्यक्रममा उपाध्यक्ष गुरुङलाई एन्फा कास्कीका अध्यक्ष उज्वल रंजितलेमनोनयनपत्र हस्तान्तरण गरेका हुन् । पोखरा-११ को टोली तमुधिं यूकेले २४ मेमा आयोजना गरेको २१औं गोर्खा कपमा भाग लिन यूके आएको हो ।

‘श्री कमल गुरुङज्यूलाई यस संघको Brand Ambassador of UK जस्तो गरिमामय पदमामनोनयन गरेको व्यहोरा जानकारी गराउँदछौं,’ पत्रमा लेखिएको छ, ‘साथै यहाँको सदैव साथ सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।’ फुटबल खेलको विकास र विस्तारको लागि कास्की जिल्लाफुटबल संघ क्रियाशील छ ।

को हुन् कमल गुरुङ ?

पोखरा बगरमा हुर्केका कमल गुरुङ फुटबल र ह्यान्ड ब का कुशल खेलाडी हुन् । उनी सानैबाटखेलकुदमा बढी रुचि राख्दथे । गण्डकी बोडिङ्ग स्कुलमा अध्ययन गर्ने क्रममा विभिन्न खेलकुदबाटथुप्रै मेडल र प्रमाणपत्रहरु पाएका थिए उनले। उनी पढाईमा पनि अब्बल तथा नेतृत्व गर्न सक्नेक्षमताका व्यक्ति हुन् ।

विदेश भए पनि स्वदेशलाई माया गर्नुपर्छ भन्ने भावनाका साथ उनको नेतृत्वमा पोखरा बगरभाइखलकलाई आर्थिक रकम संकलन र युकेबाट मेडल लाने पहिलो योजना उनको सोचअनुसारबनेको थियो । पोखरा म्याराथनलाई पोखरेली मन्चसँग जोडाउन पनि उनको मुख्य भूमिका रहेको छ ।त्यस्तै सहारा युकेका लागि पनि आर्थिक र भौतिकरुपमा सहयोग गरिरहेका छन् ।

गत वर्षमात्रै उनलाई सहारा यूकेले ‘सहारा अवार्डबाट सम्मान’ गरेको थियो । हाल उनी रेडिङ्ग बुद्धिस्टगुम्बाको महासचिव पनि छन् । बर्सेनि हुने तमुधिद्वारा आयोजित गोर्खाकपमा ९ वर्षदेखि उनी निरन्तरप्रायोजकको संयोजन गरिरहेका छन् । हाल बेलयातको अल्डरसटमा चाइना ओरिन्टल सुपर मार्केटव्यवसाय सञ्चालनमा व्यस्त छन् उनी ।

एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी मंगलबारजेठ ९ गते २३ मेमा बेलायत आएको थियो । एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ रसचिन श्रेष्ठ आएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार