काठमाडौँः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा घेराउ गर्न पुगेकाभ ३४ जना मानवअधिकारकर्मीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधित क्षेत्र तोड्न खोजेपछि मानवअधिकारकर्मी कृष्ण पहाडीसहित ३४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेका पहाडीसहित ३४ जनालाई अहिले प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । पहाडीसहितका मानवअधिकारकर्मी कैलालीको टीकापुर नरसंहारमा संलग्नसहित विभिन्न अपराधिक घटनाका अभियुक्त र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै बालुवाटार घेराउ गर्न पुगेका थिए ।