पोर्तुगलको नेपाल फेस्टिबल २०१८ सफल बनाउन प्रवासी नेपाली मंचको आह्वान

लिस्बोन। नेपाली नयाँबर्ष बि. सं. २०७५ को अवसरमा एनआरएनए पोर्तुगलले आगामी अप्रिल १५ तारीख लिस्बोनको मार्तिमुनिज पहिलो पटक आयोजना गर्न लागेको नेपाल फेस्टिबललाइ सफल बनाउन एमाले सम्बद्ध प्रवासी नेपाली मंच पोर्तुगलले आह्वान गरेको छ ।

आज मंचका अध्यक्ष गोबिन्द पौडेल र महासचिव राजकुमार थापाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ “नेपाल फेस्टिबललाइ भब्यरूपमा सफल बनाउनु लागिपर्नु पोर्तुगलमा रहेका सम्पुर्ण संघ -संस्था र नेपाली समुदायको कर्तव्य र दाहित्व हो । प्रवासी नेपाली मंच पोर्तुगल मंचमा आबद्ध सम्पुर्ण सदस्यहरु, शुभचिन्तक, सुवेच्छुक र पोर्तुगलमा रहेको आम नेपाली समुदायका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुमा आर्थिक, भौतिक, नैतिकता सहयोग र फेस्टिबलमा सहभागिता जनाइ सफल बनाउन हार्दिक आह्वान र अनुरोध गर्दछ ।”

मंचको बिज्ञप्ति जस्ताको तस्तै :

पोर्तुगलको “नेपाल फेस्टिबल”मा सहभागिता र सहयोगकालागि प्रवासी नेपाली मंचको आह्वान

पोर्तुगलमा नेपाली डायस्पोराको इतिहास अढाई दसकभन्दा लामो छ, पच्चीस बर्ष अघिदेखि पोर्तुगलमा नेपाली आउने क्रम शुरु भएसंगै अहिले युरोपमा बेलायतपछि सबैभन्दा धेरै नेपाली पोर्तुगल रहेको आँकडा छ । नेपालीको बढ्दो आवदीसंगै विभिन्न संघ-संस्था खुल्ने क्रममा बिदेशमा रहेका नेपालीहरुको साझा संस्थाको रूपमा गैर आवासीय नेपाली संघ(NRNA) पोर्तुगल स्थापना भएको पनि एक दसकभन्दा बढी भइसकेको छ ।

स्थापनादेखि एनआरएनए पोर्तुगलले आफ्ना विविध काम र गतिविधि संचालन गर्ने क्रममा संघको इतिहास मै पहिलो पटक पोर्तुगलको राजधानी लिस्बोनमा नेपाली नयाँबर्ष बि. सं. २०७५ को अवसरमा आगामी अप्रिल १५ तारीख नेपाल फेस्टिबल गर्न लागिरहेको सर्वबिदितै भएको बिषय हो ।

फेस्टिबलमा नेपाली कला, संस्कृति, परम्परा, रितिरिवाज, झाँकी, नेपाली खाना, हस्तकला एवं सांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी र नेपाली विशेषताहरुको चिनारीले नेपालको पर्यटन प्रबर्द्धन र बर्तमान नेपाल सरकारले देशको समृद्धिकालागि लिएको संकल्पमा पनि योगदान पुग्नुकासाथै पोर्तुगलमा नेपालको बारेमा महत्त्वपूर्ण जानकारी प्रचारित हुने र स्वयं हामी नेपालीहरु बीच एकापसमा सौहार्द्रता वृद्धि समेत हुने निश्चित छ । यस फेस्टिबलको आयोजनाले नेपाल सरकार पर्यटन मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रूपमा मनाउदै बिसौंलाख पर्यटक नेपाल भित्र्याउने योजना र लक्ष्यमा पनि सहयोग पुग्नेछ ।

अत: यस नेपाल फेस्टिबललाइ भब्यरूपमा सफल बनाउनु लागिपर्नु पोर्तुगलमा रहेका सम्पुर्ण संघ-संस्था र नेपाली समुदायको कर्तव्य र दाहित्व हो । प्रवासी नेपाली मंच पोर्तुगल मंचमा आबद्ध सम्पुर्ण सदस्यहरु, शुभचिन्तक, सुवेच्छुक र पोर्तुगलमा रहेको आम नेपाली समुदायका आदरणीय दिदीबहिनी र दाजुभाइहरुमा आर्थिक, भौतिक, नैतिकता सहयोग र फेस्टिबलमा सहभागिता जनाइ सफल बनाउन हार्दिक आह्वान र अनुरोध गर्दछ ।

गोबिन्द पौडेल  (अध्यक्ष )

राजकुमार थापा (महासचिव)

प्रवासी नेपाली मंच पोर्तुगल

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार