स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स(फेब्रुअरी २४,१९५५ -अक्टोबर ५,२०११) विश्व बिख्यात एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष हुन।जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन।स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ।
आज स्टिभ जब्स हामीबीच नभए पनि यो संसारका लागि उनी प्रेरणाका स्रोत बनेका छन् । आइफोन अहिले मोबाइल फोनमा अग्रपंक्तिमा छ । आइफोनबाहेक आइप्याड र आइपडजस्ता डिभाइसका लागि मास्टर माइन्ड नै थिए जब्स । स्टिभ जब्स एप्पलका को–फाउन्डर, सिइओ तथा चेयरम्यान थिए । सन् २०११ को अक्टोबर ५ मा क्यान्सरका कारण उनको निधन भएको थियो ।
जब्सले आविष्कार गरेका आइफोन,आइप्याडबाट जस्ता ग्याजेटले विशाल दुनियाँलाई साँघुरो बनाईदिएको छ। त्यसैले त मानिसहरु निधनपछि पनि उनलाई धेरै सम्झिरहेका छन् र सबैको प्यारा मानिसको रुपमा मन,मुटुमा बसिरहनेछन्।
सन् २०११ अक्टोबर ५ तारीख स्टिभ जब्सको निधन भएको थियो। निधन हुनुअघि स्टिभका अन्तिम शब्दहरु के थिए भन्ने धेरैलाई चासो हुन सक्छ ।हरेकको मनमा उत्सुकता हुने गर्छ सफलताको पर्याय जब्सले बोलेका अन्तिम शब्द के होला ?
जब्सले भनेका थिए-मैले सफलताको उच्च शिखर चढिसकेको छु।अरुको नजरमा सफलता मेरो जिवनको दोस्रो नाम हो। पैसा जिवनको एक भाग हो र म यसमा अभ्यस्त भईसकेको छु। आज म बिस्तारामा पल्टेर मेरो सिङ्गो जीवनलाई फर्किएर हेरेँ भने जिन्दगीमा जति नाम र पैसा कमाए ति सब मेरो मृत्युको समय केहि काम लाग्ने छैनन्।
आज म अध्याँरोमा लाइप सपोर्टिङ मेशीनको हरियो बत्ती देखिरहेको छु। साथैं भगवानलाई पनि महशुस गरिरहेको छु। मेरो मृत्यु नजिकै आइरहेको छ।म भन्न चाहान्छु अन्तिम समयको लागी तपाई लगातार पैसा जम्मा गरिरहनुभएको छ र आफ्नो नाता-सम्बन्ध, कला, र बाल्यकालको सपनालाई ध्यान दिनुस्। सधैँ पैसा कमाउँने बाटोमा मात्रै लाग्नुभयो भने तपाइलाई म जस्तै विकृत मानिस बनाउछ।
स्टिभ जब्सले ‘सिक बेड’ लाई दुँनियाको सबैभन्दा महँगो बिस्तारा भन्थे। उनको भनाई थियो- ‘तपाई आफ्नो लागी पैसा तिरेर ड्राइभर राख्न सक्नुहुन्छ तर जतिसुकै पैसा किन नहोस्, आफ्नो बिमारी लिइदिने अर्को व्यक्ती नियुक्त गर्न सक्नुहुन्न । जिन्दगीमा सबै चिज दोहर्याएर पाउन सकिन्छ तर जिवन एकचोटि मात्रै मिल्छ।’
सँधै आफ्नो परिवार, श्रीमती र आफ्ना साथीहरुलाई माया गर्नुस किनकी प्रेम र सम्झनाहरु नै हुन् जसलाई तपाईं आफूसँगै लिएर जान सक्नुहुन्छ ।