डोटी- डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षिया खिन्तुरी भूल, ३२ वर्षिया कटी सार्की र १४ बर्षिय बालक सुरज भुल रहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।
घटनास्थलमा उद्धारकार्य चलिरहेको छ । प्रहरी र स्थानीयहरु मिलेर उद्धार गरिरहेको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज प्रहरी नायब निरीक्षक दिल बहादुर कुँबरले जानकारी दिए।