गुजरातको धोकडा गाउँका मानिसहरु दहि-दुध तथा दुग्धजन्य परिकारहरु बेच्दैनन्।यस गाउँका मानिसहरु दहि-दुध नभएका घरका मानिसहरुलाई सित्तैमा दहि-दुध दिने गर्छन्।
रामराज्य भएको गाउँ
भारतकै अर्को एक गाउँ जुन गाउँमा रामराज्य छ। जहाँका घरमा कुनै ताल्चा-साँचो देखिदैन। महाराष्ट्रको ३००० मानिसहरु बसोबास गर्ने शनिशिगनापुर गाउँको घरमा मात्र होइन यहाँ लाग्ने धार्मिक मेलामा दर्शन गर्न आएका मानिसहरु आफ्नो सवारीसाधनमा ताल्चा लगाउदैनन् र यहाँबाट अहिलेसम्म केहि चोरी भएको खबर आएको छैन।
यतिसम्म कि यहाँका घरमा महंगा गहनाहरु राख्नको लागी दराज,सुटेकेश समेत राख्दैनन्। यहाँको पसलहरु समेत खुल्ला छोडिएका हुन्छन्।