मिति : २०७० जेठ १८ गते शनिवार उडान :
नेपालगञ्ज टु सिमिकोटकिरण भट्टराई अनुभवी पाइलट हुन् । नेपालको ग्रामिण भूभागहरुमा उडान भर्नमा उनी माहिर थिए । हूम्ला, जुम्ला, डोल्पा, सुर्खेत, बाजुरा लगायतका स्थानमा सेवा दिनु उनको पहिलो प्राथमिकतामा पथ्र्यो ।
सन् २०१३ को जुन १ अर्थात् २०७० सालको जेठ १८ मा उनी नेपालगञ्जबाट हुम्लाको सिमिकोटमा उडान भर्दै थिए । तत्कालिन समयमा उनी सीता एअरलाइन्सका कार्यरत थिए र सीता एअरको नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट जाँदै थिए । उनको साथमा कोपाइलट दिपक शाहसमेत थिए ।
तर, जब बिहानको ७ बजेर १० मिनेट जाँदा विमान सिमिकोटमा अवतरण गराउन खोजियो, विमानले सन्तुलन कायम राख्न सकेन र बायाँ पङ्खाले धावनमार्गमा छायो । बायाँ पङ्खाले धावनमार्गमा छोएलगत्तै विमान पूरै अनियन्त्रित भयो र त्यसपछि दायाँ पङ्खाले समेत भुईँ छोयो र विमानको अन्य भागमासमेत क्षति पुग्यो ।उक्त दुर्घटना धावनमार्गमै भएको कारणले तत्कालै उद्धार भयो र आगलागी हुन पाएन । जसका कारण चालकदलका दुई सदस्यसहित सबै यात्रुहरु सकुशल रहे ।
मिति : २६, चैत्र २०७४ उडान : सिमिकोट टु सुर्खेत
आजभन्दा ठीक ३५ दिन अगाडि अर्थात् २०७४ चैत २६ (९ अप्रिल २०१८) गते पनि क्याप्टेन किरण भट्टराई अर्को ठूलै दुर्घटनाबाट जोगिएका थिए ।मकालु एअरको नाइन एन एजेजी कलसाइनको विमान हुम्लाको सिमिकोटबाट सुर्खेतमा उडान भर्दै थिए । विमान स्टार्ट गरेर सिमिकोटको रनवेमा गुडाउन थालिसकेका थिए र विमान १५ मिटर अगाडि बढिसकेको थियो । विमानमा चालकदलका दुई सदस्यसहित १० जना यात्रु गरी १२ जना सवार हुँदै थिए ।
तर, जब विमान रनवेमा गुड्न थाल्यो, क्याप्टेन किरण भट्टराईले विमानको हाइड्रोलिकमा समस्या भएको पत्ता लगाए र टेक अफ गर्ने लागेको बेला अकस्मात् विमान रोके र इञ्जिन बन्द गरे । त्यतिबेला पनि यदि उनले समस्या पत्ता लगाउन नसकेको भए त्यतिबेलै ठूलो दुर्घटना हुन सक्दथ्यो । यद्यपि त्यतिबेला उनको चलाखीले आफूसहित अन्य ११ जनाको ज्यान जोगाए ।
मिति : २०७५ जेठ २ गते उडान : सुर्खेत टु हुम्ला
दुईपटक भाग्यले बाँचेका क्याप्टेन किरण भट्टराई यसपटक भने बाँच्न सकेनन् । बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट हुम्लाको लागि उडेको कार्गो विमान लिएर उनी उडान भर्दै थिए । तर उनी गन्तब्यमा पुग्नै पाएनन् । उडान भरेको केही समयपछि राडारको सम्पर्कभन्दा बाहिर रहेका उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा स्थानमा दुर्घटना भयो ।
दुर्घटनामा विमानका क्याप्टेन किरण भट्टराईसहित कोपाइलट आदित्यनाथ नेपालीले पनि आफ्नो ज्यान गुमाएकोपाइलट नेपाली मकालु एयरका सञ्चालक फिजोनाथ नेपालीका छोरा हुन् । -(रातोपाटी मा खबर छ)