इन्डोनेशियामा १३ औं शताब्दीमा बनेको सुन्दर शिव मन्दिर


नेपाल,भारत,श्रीलंका,मलेसिया लगायत विश्वका अन्य देशमा हिन्दु धर्म मान्ने र आस्था राख्नेहरू थुप्रै छन्।ती देशहरुमा हिन्दु रितिरिवाज,संस्कृति मानिन्छ भने देवीदेवताका मन्दिरहरु समेत छन्।

इन्डोनेशिया विश्वको सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो।इन्डोनेशियाको पैसामा भगवान गणेशको चित्र राखिएको छ।

त्यस्तै,इन्डोनेशियामा थुप्रै हिन्दु मन्दिरहरू समेत रहेका छन्। ति मन्दिरहरु मध्ये एक मन्दिर हो ‘सिंघसरी शिव मन्दिर’ तेर्हौ शताव्दीमा निर्माण गरिएको यो मन्दिर पूर्वी जाभाको सिंगोसरीमा रहेको छ।यो मन्दिर निकै भब्य र सुन्दर छ।

यो मन्दिरमा भगवान शिवको पूजा गरिन्छ। मन्दिर भित्र शिव भगवानको मुर्ति छ,जहाँ हरेक दिन धेरै भक्तजनहरु पूजाको लागी आउने गर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार