हाम्रो मेरुदण्ड ७ वटा गर्धनमा १२ वटा माथिल्लो ढाडमा ५ वटा कम्मरमा र ५ वटा सेकरल अनि ४ वटा पुछार हड्डीमा गरी ३३ वटा हड्डीले बनेको हुन्छ । जसलार्इ भर्टिबेरल कोलुम पनि भनिन्छ । साधारण तय घाँटी र कम्मरको हड्डीहरुकोबिचको जोर्नी बढी चल्ने गर्छन् त्यसैले गर्धन र कम्मरमा बढी सम्स्या हुने गर्छ।
फिजियोथेरापिस्ट : मिलन के.सि
घाटी माथिल्लो ढाड र कम्मरको हड्डिहरुकोबिचमा डिस्क हुन्छ । जसले शक एबजरबरको काम गर्छ। डिस्क भित्र बाट जेल जस्तो तत्त्वले बनेको हुन्छ, भने बाहिरबाट रेसा युक्त फाइब्रो कर्टिलेजबाट बनेको हुन्छ। मेरुदण्डको हड्डीहरूको पछाडि पट्टी एउटा प्वाल हुन्छ । जसबाट इस्पाइनल कार्ड पास हुन्छ र यसैबाट हात खुट्टामा जाने नसाहरूको हाङ्गा निस्किन्छ।
कम्मरको नशा च्यापिने कारणहरू
१. भारी समान उठाउँदा
२. कम्मर झुकाइ नमिल्दा
३. मेरुदण्डको हड्डी खाएर
४. शरीरको वजन
५. कम्मरमा जोड पर्ने कामहरूले
६. धेरै कम्मर झुक्ने पेसा
७. ब्यामको कमीले
८. एउटा हड्डी अर्को माथि खप्टिएर
नशा च्यपिएको लक्षण
१. ढाड दुख्ने
२. खुट्टा दुख्ने
३. झमझमाउने
४. पोल्ने
५. सिल्का हान्ने
६. खुट्टा कम्जोर हुने
७. शरीर बाङ्गो बनाएर हिँड्ने
लक्षण बिरामीहरूबिच फरक फरक हुन सक्छ। यी मध्य सबै लक्षण नहुन पनि सक्छन्। विशेषज्ञहरुले विभिन्न जाँच जस्तै एक्स रे, एम.आर.आइ आदि गरी यो समस्या पत्ता लगाउने गर्छन्।
के हुन्छ त नशा च्यापिएको उपचार ?
यसको उपचार दुई तरिकाले हुन्छ । पहिलो त बिना अप्रेसन औषधि र फिजियोथेरापी माध्यम बाट र अर्को ढाडको
अप्रेसन बाट। कतिपय केसमा कम्मरमै इस्टेरोइड इन्जेक्सन लगाएर पनि उपचार गर्ने गरिन्छ।
सधैँ याद राख्नु पर्ने कुरा के भने, औषधिले कहिले पनि च्यापिएको नसालाई ठाउँमा ल्याउँदैन औषधिले त छडिक दुखार्इ कम गराउने मात्र हो। च्यापिएको नशालार्इ ठाउँमा ल्याउन फिजियोथेरापीमा विभिन्न बिधुतिय मेसिन म्यानिपुलेशन पद्धति र ब्यायमको विधि प्रयोग गरिन्छ।
मिलन के.सि
फिजियोथेरापिस्ट
लुम्बिनी नर्सिङ होम बुटवल