मंगलबार हनुमानजीको पूजा गरि व्रत बस्ने बिधिहरु के के हुन्?

मंगलबारको ब्रत बस्नुको कारण

जसको मंगल ग्रह खराब चलिरहेको हुन्छ अथवा जिवन मा कुनै कुरा पनि राम्रो भैरहेको हुदैन तेस्ता ब्यक्तिले मगलबार को ब्रत राखेमा सुभ हुन्छ।यो ब्रत हनुमानजि लाई प्रसन्न गर्नका लागी गरिन्छ।अन्य देवी देवता जस्तै हनुमानजिको पुजा या ब्रत बस्न पनि बिसेस बिधि र तरिका हुन्छ जसको प्रयोग गर्दा उचित फल प्राप्त हुन्छ।

पुजा गर्ने तरिकाहरु यस्ता छन्

मंगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण अथवा उत्तर-पूर्व मा कुनै स्थान मा हनुमानजिको मुर्ति स्थापना गर्नुहोस् । मुर्ति को अगाडी घिउ को दियो जलाई चमेलिको तेल छर्कनुहोस् र रातो या पहेलो फुल को माला चडाउनुहोस् ।अन्तमा हनुमान चलिसा को पाठ गरेर सबै लाई प्रसाद बाड्नुहोस र भोजन दिन मा एक पटक मात्र गर्नुहोस् ।रात मा पुनह पुजा गरि हनुमानजीलाई
सिन्दुर रङको कपडा चडाउनुहोस् र दान गर्नुहोस ।

यो ब्रत मा गहु र गुड बाट बनेको मात्र भोजन गर्नुपर्छ ।

एक पटक मात्र भोजन र नुन को प्रयोग गर्नुहुदैन ।

रातो बस्त्र चडाउनुहोस र रातो बस्त्र धारण गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार