नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिंगापुर प्रस्थान गरेका छन् । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी भइरहेका बेला प्रचण्ड श्रीमती सीता र छोरी गंगालाई लिएर सिंगापुर गएका हुन् ।
प्रचण्ड पत्नी सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित रहेको बुझिएको छ ।