आँपका अनगिन्ती फाइदाः यौन शक्ति बढाउनु साथै क्यान्सरबाट समेत बचाउँछ !


काठमाडौं । खानको लागि मात्रै नभएर स्वस्थ्यको हिसावले पनि फलफुल सेवन गर्न निकै लाभदायी मानिन्छ । विभिन्न फलफुलमध्येमा आँप पनि निकै स्वस्थ्यको लागि लाभदायी मानिन्छ भने खाँदा मुखै रसाउने हुन्छ । अझ भन्नुपर्दा अहिले आँपको मुख्य सिजन नै मानिन्छ । आज हामीले तपाईलाई आँपको सेवन गर्दा हुने विभिन्न फाइदाहरु प्रस्तुत गर्दछौं । यस्ता छन् आपँका फाइदाहरुः

प्रजनन क्षमतामा वृद्धि

आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

क्यान्सरबाट बचाउँछः

आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।

कपालका लागि पनि लाभदायी

भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।

दृष्टिशक्ति बढाउछ

यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।

रोगप्रतिरोधी

आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।

खनिजयुक्त

आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

पाचन प्रक्रिया राम्रो बनाउँछ

मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।

फाइबर र भिटामिन सिको भण्डार

आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

एन्टि अक्सिडेन्टयुक्त

आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।

शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ

यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टा्रिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।

यौन क्षमता बढाउछ

आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।

छालामा चमक ल्याउछ स् आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

अहिले आँपको मुख्य सिजन भएकाले बजारमा आँप छ्याप्छ्याप्ति पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।

एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार