ललितपुरको कोज्योसोममा बस दुर्घटना, धेरै हताहत भएको आशंका


ललितपुर– ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ प्रहरी टोली उद्धारको लागि पुगिसेकेको छ। बसमा सवार ३५ जना यात्रु थिए। घाइते २३ जनालाई आनन्दवन अस्पतालमा उपचारको लागि ल्याएको र केहीलाई उद्धार गर्ने क्रम जारी छ। ‘एक जनाको अवस्था गम्भीर छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा धेरै हताहत भएको देखिन्छ, हामी घाइतेलाई अस्पताल लग्दै छौं।’

घटनास्थलमा धेरै यात्रुको मृत्यु भएको आशंका गरिएको गाउँपालिका प्रमुख गोपीलाल सिङतानले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार