उपचार खर्च अभावमा यस्तो दर्दनाक जीवन बाच्न बाध्य छन् सुदुर पश्चिमका कटी भुल – सहयोगका लागि सबैमा अपील !

गणेश पाण्डेय, पोर्तुगल।

गरिबीको पिडा असह्य हुदो रहेछ, मौनता बाहेक अन्य कुनै बिकल्प नै नहुने रहेछ। यस्तै यस्तै भएको छ सुदुरपश्चिम बैतडी दोगडाकेदार गाउपालिका वडा नम्बर ६ सित्तड टोलका कटी भुललाई। आफ्नो भन्ने कोही छैन, पिडा सुन्ने पनि कोही छैन, गरिबीले यसरी थिचेको छ कि आफ्नो दाहिने खुट्टा कुहिएर अंगअंग झर्दा पनि उपचार गर्न नसकेर मौन बस्नुको बिकल्प छैन उनीसंग।

गरिबलाई निशुल्क उपचार र गाउ गाउमा सिंहदरवार भन्ने सरकारको नाराले उनलाई छोएको छैन। दाहिने खुट्टामा आएको घाउ बिस्तारै बिस्तारै फैलदै गइ क्यान्सरको अवस्थासम्म पुगेर खुट्टाबाट बिस्तारै मासु झर्दै गई अहिले खुट्टाका औलाका हड्डी मात्रै देखिएका छन्। घुँडा भन्दा मुनिको भाग पुरै नचल्ने अवस्थामा पुगेको छ, र आधा खुट्टाको मासु नै कुहिएको र सुकेको अवस्थामा पुगेको छ।

कटी भुलको अत्यन्त दर्दनाक फोटो सामाजिक संजाल फेसबुकमा भेटिएपछि उनको खोजि कार्य जारी राखियो। लामो समयपछि भुल को हुन्, कहाँका हुन् र उनका आफन्त र परिवार को को छन् भनेर पत्ता लागाउन सकियो। भुलकी श्रीमती ज्याला मजदुरी गरेर जसोतसो पेट पाल्न संघर्ष गरिरहेकी छिन् भने उनीहरुका ४ महिनाका एक सन्तान छन्। भुलको आर्थिक अवस्था अत्यन्त नाजुक भएको र उनलाई सहयोग गर्न सक्ने आफन्त कोही पनि भेटिएपछि अन्तत त्यहाँका गाउपालिका पदाधिकारीहरुले काठमान्डौसम्म उपचारको लागि ल्याउने व्यवस्था गरिदिने प्रतिबद्धता गरेका छन्।

भुलले सुरुवातमा आफ्नो सम्पूर्ण घरखेत बेचेर भारतमा उपचारमा २ लाख खर्च गरिसकेको र आफुसंग उपचारका लागि सम्पत्ति केही पनि नभएकोले मृत्यु कुर्नु र मौनता बाहेक कुनै बिकल्प नै नभएको बताए। यसैबीचमा कटी भुलको रोगको बारेमा डाक्टरहरुसंग परामर्श गर्दा उनलाई Gangrene रोग लागेको र जस अनुसार समयमा नै उपचार नभए घाउ फैलदै गई नशा र मासु झर्दै जाने र बिस्तारै अंग समेत झर्ने भएकोले सकेसम्म चाडो उपचार गर्नुपर्ने जानकारी प्राप्त भयो। नेपालमा यो रोगको उपचार ग्राण्डि , नर्भिक र टिचिङ् हस्पिटलमा मात्रै सम्भव भएको र उपचार पद्धती अलिक महँगो भएकोले सकेसम्म चाडो उद्धार र उपचार गर्नुपर्ने भएको छ।

कटी भुलको उपचार र जीवन रक्षाको लागि ” कटी भुल उद्धार समुह ” गठन गरिएको छ , पोर्तुगलमा ” नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल ” ले निज भुलको उपचारको लागि सहयोग संकलन कार्य शुरु गरेको छ। ” सेवा नै धर्म हो , मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो ” भन्ने भावनालाई आत्मसात गर्दै पोर्तुगलवासी सम्पूर्ण नेपालीहरुमा आफुले सकेको सहयोगको लागि अनुरोध छ।

सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिहरुसंग सम्पर्क गर्नहुने अनुरोध छ :

गणेश पाण्डेय – 920302722

योगेन्द्र मिलन छन्त्याल – 920020640

प्रबिन धिताल –

शम्भु सिलवाल – 920074118

भगवान गिरी – 920530022

राजकुमार थापा – 920019249

अर्जुन जयसवाल – 920288114

यो अभियानमा सहभागी हुन चाहनेहरुले कृपया सम्पर्क गर्नुहोला।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार