काठमाडौं । देशका बिभिन्न ठाउँमा शुक्रबार राती भएको अविरल बर्षासँगै आएको बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । त्यस्तै हजारौं घर डुवानमा परेका छन भने हजारौं बिस्थापित भएका छन् । गृहमन्त्रालय अनुसार, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ । त्यस्तै दर्जनौं घर बगाएको छ भने सयौं विघा जग्गा र बालीनालीसमेत सखाप पारेको छ । त्यस्तै, पश्चिम नेपालका तीनवटा पक्की पुलहरु समेत बाढीले बगाएको छ ।
सरकारले गएराती देखिको बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको र केही हराईरहेको पुष्टि गरेको छ भने क्षतिका थप विवरण आउने क्रम जारी छ ।
भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदा बाँकेको राप्ती नदिमा आएको भीषण बाढीका कारण ४ जना मृत्यु भएको छ । रातभरको अविरल बर्षाका कारण राप्ती सोनारी–४ लालुूरमा घर भत्किदा कविराज थारुका ३ छोरीको पुरिए मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत खगेन्द्र पौडेलका अनुसार १२ बर्षीया अन्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षीया सुस्मिता थारुको मृत्यु भएको छ । थारुका तीन जना छोराछोरीको लास पुरिएको अवस्थामा भेटिएको जानकारी दिए पौडेलले जानकारी दिएका छन् ।
उता गृहमन्त्रालय मार्फत अनुरोध गर्दा समेत भारतले बाँध खोल्न मानेको छैन । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत पौडेलले बहराइचको डियमलाई स्थानीय स्तरबाट बाँध खोलिदिन आग्रह गरिएको बताए । गृहमन्त्रालय मार्फत समेत बाँध खोल्न आग्रह गरिएको बताए । मौसम प्रतिकूलताका कारणसुर्खेतस्थित नेपाली सेनाको पृतनाकबाट आउने हेलिकप्टर समेत आउन नसकेको उनले बताए।
यस्तै सप्तरीमा भारतीय पक्षले दसगजासित जोडेर निर्माण गरेको पक्की बाँधका कारण विभिन्न खोलानदीको पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाउँ तीनदिनदेखि टापुमा परिणत भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका १४ को मल्हनिया बस्तीका २ सय ५० घरमा पानी पसेको छ । खाँडो, जिता र कोसी नदीको पानी बस्तीमा पसेपछि त्यहाँका बासिन्दा अग्लो स्थान खोज्दै ज्यान जोगाएका छन् ।
यता रौतहटका एक दर्जन गाँउ डुबानमा परेका छन । पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा तटबन्ध र आसपासका खेतहरु कटान गरिरहेको छ । बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्धलाई वर्षाको पानीले पनि कमजोर बनाउदा, ठाँउठाँउमा भत्कीन थालेकोले बाढीले सजिलै सो स्थानबाट तटबन्धनै भत्काउने खतरा बढेको छ ।
यसैगरी पश्चीम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड मा पनि बाढीको त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । सदरमुकाम गौरको पूर्व र पश्चीम दुवै तर्फ रहेका दुई ठूला नदीहरुमा लगातार निगरानी भइ रहेको छ भने नदी किनारका बासिन्दालाई पनि सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
यस्तै अविरल वर्षासँगै राप्ती नदीमा आएको बाढीले तटिय क्षेत्रका बस्तीहरु डुवानमा परेको छ । बाढीले राप्तीसोनारी गाउँपालिका-४ लालपुर गाउँका घर भत्काउँदा तीन बालिकाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान विभागले राप्ती नदीमा अहिलेसम्मकै ठूलो बाढी आउन सक्ने बताएको छ । साथै तटीय क्षेत्रका बस्तीमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्थ आग्रह गरेको छ ।
हेर्नुहोस केहि तस्विर