-सुवास पण्डित
घाइतेको उद्दार गर्दै सुरक्षाकर्मी र स्थानीयवासी ।
११ साउन, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो ।
दुर्घटनामा परेको ना६ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
१८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठाैरले जानकारी दिए ।
च्यापिएका केहीको उद्दार भइरहेको उनको भनाइ छ । बसमा ३२ जना यात्रु सवार रहेको एसपी राठौरले बताए ।
प्रत्यक्षदर्शीका अनुसार सडकको कुनाबाट धोएर निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस त्रिशुलीमा खसेको थियो ।