युट्युबमा ‘सिंहदरबार’को दोस्रो श्रृंखला (भिडियो)


नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘सिंहदरबार’को दोस्रो संस्करण प्रदर्शनको तयारीमा छ । नवीन सुब्बा निर्देशित उक्त शृंखलालाई अब युट्युबमा समेत हेर्न पाइनेछ ।

‘सिंहदरबार’को पहिलो श्रृंखला लगभग साढे दुई वर्षअघि प्रसारण सुरु भएको थियो । अहिले त्यसैलाई निरन्तरता दिँदै दोस्रो श्रृंखला निर्माण गरिएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको हो ।

टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौती र अवसरहरुमा केन्द्रित छ । नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न महिला प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरालाई दोस्रो सिजनमा देखाइएको छ ।

नवीन सुब्बाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रञ्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली, रेम विकलगायतका कलाकारको अभिनय छ ।


हरेक शनिबार बेलुका ८ः५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुने श्रृंखला प्रसारण लगत्तै युट्युबमा पनि हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार