वास्तुशास्त्रअनुसार कुनै बस्तु घरमा वा व्यापार व्यवसाय गर्ने ठाउमा राख्दा नफाप्ने हुन्छ। यी ६ चिज तपाइको घरमा वा व्यापार गर्ने ठाउँमा छ भने तुरुन्त हटाईहाल्नुहोस्। यी चिजहरु घरमा राख्दा आर्थिक समस्याबाट कहिले मुक्ति पाउन सक्दैन। हरेक दिन कुनै न कुनै समस्याले घेरीरहन्छ।
ति ६ चिज के-के हुन् त आउनुहोस जानीराखौ१, नटराजको मुर्ति नटराजको मुर्तिमा भगवान शिव ताण्डव नृत्यको रुपमा हुनु हुन्छ । जुन विनाशको सूचक मानिन्छ । त्यसैले घरमा राख्नु अशुभ मानिन्छ ।
२, ताजमहलको तस्बिर ताजमहल सुन्दर हुनुको साथ – साथै चिहान पनि हो । ताजमहल मृत्युसंग जोडिएको छ त्यसैले यस्को तस्बिर वा प्रतिक घरमा राख्नु हुदैन ।
३, डुब्न लागेको जहाज पानीमा डुब्न लागेको जुन सुकै बस्तु वास्तुशास्त्रअनुसार अशुभ मानिन्छ । घर सजाउन राखिएको पानीजहाजको तस्बिर तपाइको घरको सोभा बढाउनुको सट्टा घट्न सक्छ। आर्थिक समस्या आउन सक्छ त्यसैले पानीजहाजको तस्बिर वा प्रतिक घरमा राख्नुहोस्।
४, जंगली जनावरघर सजाउने बहानामा हामी ह्रिंसक जंगली जनावरको तस्बिर राख्ने गर्छौ। यस्ता जनावरको तस्बिर घरमा राख्दा मानिसको स्वभाव पनि उस्तै हुने गर्छ।
५, महाभारत र ग्रन्थमहाभारत पुजनीय ग्रन्थ हो। तर यसलाई घरमा राख्नु अशुभ मानिन्छ। यो पारिवारिक झगडाको कहानी हो। यसलाई घरमा राख्दा घरमा झैँ झगडा बढ्ने, तनाव बढ्ने हुन्छ।
६, शंखको साथमा रथरथ युद्धमा उपयोग हुने बस्तु हो भने शंख युद्ध शुरु हुन लाग्दा बजाईन्छ। त्यसैले यी दुइ बस्तु संगै राख्नु हुदैन। यसले घरमा अशान्ति पैदा गर्ने गर्छ।
बुधवार यसरी गर्नुस् भगवान श्री गणेशको पुजा…
पिएनपिखबर। साधारणतया हामी मंगलबारको दिनमा गणेश जी को पुजा आराधना र ब्रत बस्ने गर्दछौ तर पुरानो मान्यता अनुसार भगवान श्री गणेशको पुजा गर्ने बिशेष दिन बुधवार हो। साथमा यो दिन बुध ग्रहको निमित्त पनि पुजा गर्ने गरिन्छ। यदि कुनै मानिसको कुण्डलीमा बुध ग्रह अशुभ स्थितिमा छ भने बुधवार गणेश जी को पुजा यसरी गर्नुस् :
गणेश जीलाई सिन्दुर, चन्दन, यज्ञोपवीत, दुबो, लड्डुको भोग लगाउनुस। धुप बत्ति बालेर आरती गर्नुस र पुजा गर्दा यो मन्त्रको जप गर्नुस:
मन्त्र- प्रातर्नमामि चतुराननवन्द्यमानमिच्छानुकूलमखिलं च वरं ददानम्।
तं तुन्दिलं द्विरसनाधिपयज्ञसूत्रं पुत्रं विलासचतुरं शिवयो: शिवाय।।
प्रातर्भजाम्यभयदं खलु भक्तशोकदावानलं गणविभुं वरकुञ्जरास्यम्।
अज्ञानकाननविनाशनहव्यवाहमुत्साहवर्धनमहं सुतमीश्वरस्य।।
यो मन्त्रको अर्थ यो होकी म यो देवताको पुजा गर्छु, जसको पुजा स्वयं ब्रह्मदेवले गर्नुहुन्छ। यस्तो देवता जसले मनोकामना सिद्ध गर्नुहुन्छ , डरलाई टाढा भगाउनु हुन्छ, शोकलाई नाश गर्नुहुन्छ, गुणको नायक, गजमुख, अज्ञानको बिनाश गर्ने, म शिव पुत्र श्री गणेशको सुख-सफलताको कामनाले भजन, पुजा र स्मरण गर्छु।