डुलुँ मँ डाली-डाली काफलको देशमा

गजल
डुलुँ मँ डाली-डाली काफलको देशमा ,
लैजा मलाई ए!हावा बादलको देशमा ।
 
बनेर मोर यूगल नाँचूँला छमछमी ,
स्वप्नील स्वर्ग श्वेत आँचलको देशमा ।
 
प्रेमील भाव छैन सुगन्धी आश छैन ,
कसरी प्राँण जगाउँ पागलको देशमा ।
 
खोजेर कोटि-कोटि भेटिन पूर्ण श्रृङ्गार ,
छुटेछ हार दिब्य माँदलको देशमा ।
 
#अवि अजनबी
कलाकुन्ज , कैलाली ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार