अद्भुत र अचम्मको कैलाश मन्दिर जुन एउटै चट्टान काटेर बनाईएको हो!


भगवान शिवको घर मानिने कैलाश मन्दिर जसलाई दोस्रो पटक बनाउन सकिदैन।महाराष्ट्र राज्यको एलोरा नामको स्थानमा बनेको यो मन्दिर अचम्मको छ।

यस मन्दिर बनाउन जुन कलाको प्रयोग गरियो त्यो साधारण कला होइन। यो विश्वको एकमात्र यस्तो मन्दिर हो जुन पहाडमा रहेको चट्टानलाई माथिबाट काटेर मन्दिरको रुप दिईएको हो।

यो पूरै संरचना एक सिङ्गो चट्टान काटेर बनाईएको हो।कैलाश मन्दिर ती ३४ मन्दिर मध्येको एक हो जुन एलोरा गुफाको हिस्सा हो।यो मन्दिर पाँच देखि दशौँ शताब्दीको विचमा बनेको हो।

पुरातत्वविदका अनुसार यो मन्दिर बनाउनको लागी करिब चार लाख चट्टान बाहिर निकालिएको हुनुपर्छ। यो अद्भुत मन्दिर बनाउनको लागी त्यस समयमा लगभग १०० बर्ष समय लाग्नुपर्ने हो तर अचम्मको कुरा चाँहि यो मन्दिर निर्माण गर्न सिर्फ १८ देखि २० बर्ष लागेको थियो।

कैलाश मन्दिरमा थुप्रै गुफाहरु छन् भने आकाशे पानी संकलनको लागी कुवाहरु पनि छन्। त्यस्तै मन्दिरलाई एक-आपसमा जोड्ने पुल र अन्य थुप्रै कठिन कलात्मक डिजाईनहरु छन्। जुन एउटा चट्टानबाट बनाईएको हो।

त्यससमय चट्टान काट्नको लागी अहिलेको जस्तो सजिला हतियार र आधुनिक मेशीनहरु हुने थिएन।त्यस्तो समयमा पनि यस्ता खालका संरचना बन्नु आश्चार्य,रहस्य र खोजको बिषय हो।

कैलाश मन्दिरलाई कहिल्यै नभत्किने मन्दिरको रुपमा लिईन्छ।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार