मंगल मुर्ति भगवान् गणेशले सबैको कल्याण गरुन ,आश्विन ०२ गते मङ्गलबार/सेप्टेम्बर १८ तारिखको राशिफल

वि.सं. २०७५ आश्विन ०२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४९ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:१० बजे, भाद्रपद शुक्लपक्षको नवमी तिथि, बेलुका ०९:११ बजेसम्म, त्यसपछि दशमी तिथि, मूल नक्षत्र, बिहान १०:०४ बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, मध्यरात्रीपछि ०३:२५ बजेसम्म, त्यसपछि शोभन योग, बालब करण, बेलुका ०९:११ बजेसम्म त्यसपछि कौलव करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : अदुःख नवमी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : संविधान दिवस, भोलिको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, ०४ गते : हरिपरिवर्तिनी एकादशी व्रत, मूहुर्त : शिलान्यास (सामान्य), घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, ०५ गते : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, विश्वशान्ति दिवस, मतछुयके, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, पुराणश्रवण, कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरूको विषयमा चासो राख्दा वादविवाद हुनसक्छ । धैर्यसाथ गरिएको कामबाट फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । बोलीमा मिठास र चाकरीको व्यवहार देखाउनु पर्छ । सहयोगीहरूले आशा गरेअनुरूप साथ दिन सक्दैनन् । मिहिनेत गरेबमोजिमको फाइदा लिन सकिंदैन । काममा बिलम्ब हुने लक्षण छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार