लिस्बोन, पोर्तुगल।
बिश्वभरि छरिएर रहेका म्याग्देलीहरुको साझा संगठन म्याग्दी प्रवासी नेपाली संघ (मोना)को चौथो अन्तर्राष्ट्रिय साधारण सभा पोर्तुगलको राजधानी लिस्बोनमा हुने भएको छ ।
आगामी अक्टोबर २१ तारिख बिश्व भरिका म्याग्देलीहरु पोर्तुगलमा जमघट हुन लागेको आज लिस्बोनमा आयोजित पत्रकार सम्मेलनमा मोनाका अध्यक्ष कुमार राम्झली मगरले जानकारी दिए ।
पोर्तुगलका युरोप विभाग संयोजक लक्ष्मण गर्बुजा मगरले २६ देशमा रहेका राष्ट्रिय समन्वय समितिहरुलाई आमन्त्रण गरिसकेको बताए । कार्यक्रममा नेदरल्यान्डस्, बेल्जियम, फ्रान्स, स्पेन, जापान, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, हङकङ, अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, अमेरिका, क्यानाडा, बेलायतलगायत दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । नेपालबाट जिल्लाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुखहरुलगायतका अतिथिहरु सहभागी हुनेछन् ।
मोनाले म्याग्देलीहरुविच मात्र नभई संसारभरिका नेपालीहरुमाझ सक्रिय एउटा सामाजिक संस्थाको रूपमा आफ्नो चिनारी स्थापित गराएको छ । म्याग्देली पुगेका सबै देशमा यो संस्थाले संगठित रूपमा काम गर्दै आएको छ ।
मोनाले नेपालमा शिक्षा , स्वास्थ्य, खानेपानी , हाइड्रोमा लागानी र आकस्मिक र भैपरी आउने समस्याहरुमा सहयोग गर्दै आईरहेको छ।
यो अन्तर्राष्ट्रिय साधरण सभामा दुई दर्जनभन्दा बढी देशका प्रतिनिधिहरु उपस्थित हुने अपेक्षा गरिएको छ । आजको पत्रकार सम्मेलन मार्फत नै मोना पोर्तुगलका अध्यक्ष कुमार राम्झाली मगरले सबै पोर्तुगलबासी नेपालीहरुलाइ सहयोग, एक्यवद्धता र मिडियाकर्मीहरुलाइ प्रचारप्रसारलागि आह्वान पनि गरे ।
सम्मेलन हुने स्थान : होटेल साना , मार्कस पोम्बाल ( Hotel Sana , Marques De Pombal )
मिति : २१ अक्टोबर २०१८
समय : दिनको ठिक ३ : ०० बजे