हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका टेक साउदको पढ्ने लेख्ने रहरको कथा

“साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा”

हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भनिन्छ । हेर्ने कथा महिनामा २ पटक, अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ जुन बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गरिन्छ ।

अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण हुँदैन । भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम गर्दै जाने योजना छ । हाम्रा विषयवस्तुको छनौट र कथा भन्ने शैली नितान्तः प्रस्तोताका हुन् । भन्ने कथासँग कुनै किसिमको वाह्य स्वार्थ गाँसिएको छैन । यो कम्पनीको नाम तानाबाना हो । ‘हेर्ने कथा’ तानबानाको एउटा उत्पादन हो । हेर्ने कथा तयार पार्न ‘उज्यालो’ले सहयोग गरेको छ । त्यसैले यो कार्यक्रमहरु उज्यालोको युट्युब च्यानलमा पनि उपलब्ध हुन्छ ।

पढ्ने कथा र हेर्ने कथामा तपाईंका कथा- तपाईंका आफ्ना जिन्दगीका भोगाइहरु हेर्नेकथा लाई लेखी पठाउनुस् । जसलाई ‘पढ्ने कथा’ स्तम्भमा प्रकाशन गरिन्छ । तपाईंका दुःख सुःखका कथा अरुका लागि प्रेरणा पनि बन्न सक्छन् ।

हेर्ने कथाको आर्थिकश्रोतबारे बिद्या चापागाई यस्तो भन्छिन– दर्शकका मायाले मात्र हाम्रा व्यक्तिगत र संस्थागत व्यवहारिक र आर्थिक आवश्यकता पुरा हुँदो हो त कति गज्जब हुँदो हो । दर्शकका मायाले दिएको बलमै अडिएकी छु ।

हेर्ने कथा उत्पादन गर्न अहिले उज्यालो मल्टिमिडियाले सघाएको छ । त्यतिले मात्र पुग्दैन हामीले आफैं लगानी पनि गरेका छौं । उज्यालोको सहायता पनि अब दुई महिना मात्र हो । अहिलेकै अवस्थामा अक्टोबरदेखि हेर्ने कथा हाम्रो आफ्नै लगानीमा मात्र भर पर्ने देखिन्छ ।

केहीविकल्पहरु- विज्ञापन– हेर्ने कथा समाजका बलिया कथा त हुन् नै । हजारौं उपभोक्ताले उपभोग गर्ने डिजिटल उत्पादन पनि हो । यही कुरा भन्दै हामी विज्ञापनदाताहरुकोमा पनि धाउन सुरु गरेका छौं । तर सानो टिम अनि बजार र विज्ञापन जस्ता विषयमा हाम्रा ज्ञानको कमीले यो प्रयास त्यति प्रभावकारी सावित भइसकेको छैन । विज्ञापनदाताहरुलाई पनि बुझाउन सकिएको छैन । यद्यपी प्रयास जारी छ ।

एनजिओ/आइनजिओ– अनुभव र भोगाइले के भन्छ भने एनजिओ आइएनजिओबाट पैसा लिएपछि हामी निश्चित विषयवस्तु र शैलीमा बाँधिनुपर्छ । दाताका आवश्यकताअनुसारका असत्य रिपोर्टहरु पनि तयार पार्नुपर्छ । त्यसो हुँदा हेर्ने कथाको मर्म मर्छ । हाम्रो कर्म दुख्छ । अनि मैले त्यो विहान मनमा लागेको जे कुरालाई विश्वास गरेको थिएँ त्यो विश्वास पनि कमजोर हुन्छ । कथाका विषय पात्र र कथा भन्ने शैलीमा सम्झौतानगरीकन हामी दाताका पैसा पनि लिन तयार छौं ।

दर्शकबाट पैसाउठाउने– हेर्ने कथा चलाउन हामीले यो विकल्पलाई मनले विश्वास गरेको छौं तर दिमागले सोच्दा कति व्यवहारिक र यथार्थपरक होला अझै अलमलमा नै छौं । केही समय पहिला सेतोपाटीले पनि पाठकबाट स्वैच्छिक पैसा लिने व्यवस्था सुरुवात गर्ने घोषणा गरेको थियो । तर त्यसले निरन्तरता पाएको देखिएन । दर्शकबाट मासिक शुल्क उठाउने कि, स्वतस्फूर्त सहयोग लिने कि जस्ता विभिन्न विकल्पमा सोच्दैछौं ।

तपाईंकोपालो- तपाईंलाई केही आग्रह गर्न चाहन्छु : हेर्ने कथाको च्यानल सब्स्क्राइब गरिदिनुहोला । अबको हाम्रो लक्ष्य १ लाख सब्स्क्राइबर हो । यो लक्ष्यलाई हामी कति छिटै भेट्टाउनेछौं हेरौं । महिलाहरुलाई मेरो विशेष आग्रह । च्यानलको कूल सब्स्क्राइबर मध्ये महिलाहरु एक चौथाइ पनि हुनुहुन्न ।

हेर्ने कथाको निरन्तरता र आर्थिक दिगोपनका लागि तपाईंका सुझावहरु चाहियो । माथि मैले उल्लेख गरेका ३ वटा विकल्पमा तपाईंलाई कुन ठीक लाग्यो । अनि हेर्ने कथाका कार्यक्रमहरु तपाईं पैसा तिरेर हेर्नुहुन्छ कि हुन्न? कतिसम्म तिर्न सक्नुहु्न्छ । कृपया हेर्ने कथाको फेसबुकको कमेन्टमा लेखिदिनुहोला । हामी तपाईंलाई बुझ्न चाहन्छौं ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार