काठमाडौं । के तपाई अलौकिक शक्तिमा विश्वास गर्नुहुन्छ ? दैविक शक्तिकोे बारेमा तपाईको के सोचाई छ ? आज कलियुगमा हामी सबैलाई सायदै थाहाँ हुनसक्छ हिन्दु धर्म ग्रन्थमा भएका केही पात्रहरु अहिले पनि समयसमयमा प्रकट हुन्छन । जसमध्यका एक महत्वपुर्ण पात्र हुन पवनपुत्र श्री हनुमान जी ! पौराणिक कथाअनुसार, हनुमानलाई अमरताको को वरदान प्राप्त भएको थियो किनभने उनी भगवान शिवको अवतार थिँए । त्यसकारण उनी शिव जी जस्तै अमर छन । आजको यो संसारमा हनुमान जी लाई देख्न सकिन्छ,हो यो सुनेर तपाईलाई अच्चम लाग्न सक्छ तर यो सत्य नैं हो । एशिया श्रीलंका सेतु पर्वतमा हरेक ४१ वर्षको अन्तरमा हनुमान भगवानलाई प्रत्यक्ष देख्न पाईन्छ ।
क.हामीले पुराणहरुमा देख्छौं जब यस संसारमा कुनै अनिष्ट हुन्छ तब भगवानहरु फरकफरक रुप धारण गरेर धर्मको रक्षाको लागि यो धरतिमा प्रकट हुनेछन । तर,सेतु एशियाको सोध अनुसार श्रीलंकामा एउटा घना जंगलमा एउटा फरक किसिमको समुदाय वस्ने गर्छ । उनीहरुलाई त्यहाँ मातंक आदिवासीको रुपमा चिन्ने गरिएको छ । जसको भाषा प्रचलित भाषा भन्दा फरक छ उनीहरुको रहनसहन खानापान हरेक कुराहरु सामान्य मानिसहरुको भन्दा धेरै भिन्न छ । उनीहरुका अनुसार त्यस जंगलमा एक मन्दीर छ जहाँ उनीहरुले हरेक ४१ वर्षको फरकमा भगवान हनुमान जी सँग भेट्ने मौका पाउँछन ।
ख.एक अध्ययनकर्ताका अनुसार,यो मातंग समुदायको भगवान हनुमान जी सँग अनौठो सम्बन्ध रहेको छ जुन केही समय अघि पत्ता लागेको हो । जब तिनीहरूको अनौंठो गतिविधिहरू देखा पर्यो, यो पत्ता लाग्यो कि यो समुदाय र जंगलको रामायणसँग गहिरो सम्बन्ध रहेको छ । यो मानिएको छ कि रामायण देखि नैं यो सिलसिला चलिरहेको छ । यिनिहरुका अनुसार धेरै वर्ष पहिले उनीहरुले भगवानसँग भेटेका थिँए । उनीहरुसँगको भेटमा हनुमान जीले हरेक ४१ वर्षको फरकमा उनिहरुलाई भेट्न आउँने वाचा गरेका थिँए,त्यसै अनुसार अहिले पनि हरेक ४१ वर्षको फरकमा यहाँ हनुमान जी प्रकट हुनुहुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
ग.सुन्दा साँच्चै अच्चम लाग्छ तर आज पनि हामीले यो संसारमा दैविक शक्ति भएको कुरालाई नर्कान सक्दैनौं । यो पहाड धेरै पुरानो पहाड हो जहाँ हनुमान जी उनीहरुलाई भेट्न हरेक ४१ वर्ष पछि यो धरतिमा प्रकट हुन्छन । भगवानद्धारा उनीहरुलाई अर्ति उपदेश दिने गरिन्छ अनी उनीहरुले त्यो कुरालाई नोट गरेर राख्छन जसकालाई हनु पुस्तिका भन्ने गरिएको छ । आज भन्दा झण्डैं चार वर्ष पहिले भगवान हनुमान जी उनीहरुलाई भेट्न आएका थिँए त्यस समयमा भगवानले भनेका कुरालाई उनीहरुका मुखियाले हनु पुस्तिकामा सुरक्षित गरेर राखेका छन ।
घ.उनीहरुका अनुसार उनीहरुका एक सन्तले यस पुस्तकलाई आधुनिक शैलीमा लेख्न थालेका छन । सबैले बुझ्ने गरि यो पुस्तक आएका कलियुगमा भगवना हनुमान जी प्रकटका बारेमा सबैंलाई थाहाँ हुन्छ । यस विषयमा धेरै सोधकर्ताहरु पनि लागिपरेका छन । के यो गाउँमा साँच्चै भगवान हनुमान जी प्रकट हुन्छन त ? उनीहरुका अनुसार यो कुरा सत्य भएको भए पनि यो विषयमा खोज भैरहेको छ । यो मन्दीर श्रीलंकाको नुवारा एलिया शहरको नजिकैं पर्वतहरुको विचमा रहेको छ । उनीहरुलाई भगवान हनुमान जी ले वरदान माग्न भन्नुहुन्छ र उनीहरु माग्छन अनि भगवानले त्यो वरदान दिएर जान्छन ।