सोझासाझा जनताको भोटले निख्खर कालो कोट लगाएर सदनमा बस्ने तर जनताको मनमा कहिल्यै नबस्ने राजनीतिक नेतृत्वप्रति वाक्कदिक्क हुदै गुम्सिएर , निस्सासिएर लडिबुडी खेलेको माटो र आफ्नै घरआँगनको बाटो छोडेर परदेशिएका नेपालीहरुको फिनान्स सजिलै भरिदिनुपर्यो। फिनान्स भरिदिएवाफत कोहि कसैले पनि १० – २० युरो लाजै पचाएर आँखा छोपेर खल्तीमा हाल्नु भएन।
बस्नका लागि घर नै नभएपनि भर भएका सेयरिङ्ग र केयरिङ्गमा साथीहरु खोजिदिनुपर्यो , एक कल फोन घुमाइदिनुपर्यो न कि कोठा खोजिदिन्छु , फ्ल्याट खोजिदिन्छु भन्दै फनफनी घुमाइदिनु भएन। सोसियल निकालीदिन्छु भन्दै आँखा चिम्लिएर २-४ सय कुम्ल्याएर नेपाली सोसाईटीबाटै गुमनाम हुनुभएन। त्यतिमात्रै हो र ? काम लगाईदिन्छु भन्दै कन्ट्रयाक्ट दिन्छु भन्दै २-४ महिना झुलाएर , फोन नै स्वीच अफ गरेर कन्ट्याक्टलेस हुनुभएन। शहरबाट धेरै टाढा गाउँमा खेतीमा काम गरिरहेका कोही कसै नेपालीको कत्ति पनि खति हुनुभएन। दिनरात झुण्डी झुण्डी काम गरी कमाएको नेपालीको पसिनाको पैसा हुण्डी मार्फत पठाईदिएर कोही नेपाली ठगिनुभएन।
लाखौ लाख खर्च गरी घरदेशबाट परदेशसम्म आइपुगेका यति धेरै नेपालीहरु सात समुन्द्र पार गर्दा नाभिजेका पाइताला र नारसाएका आँखामा एक थोपा पनि आँसु देखिनुभएन र ति आँखाहरु आँसुले नरसाओस् । बस , “हाम्रो पत्रिका ” र हाम्रो पत्रकारीता यिनै बिषयसँग समर्पित छ। चित्त बुझे ताली बजाउनुहोला।