बैदेशिक रोजगारीमा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका बुद्धिमानको छ यस्तो कष्टकर दैनिकी – आर्थिक रुपमा कमजोर हुँदा उपचार गर्न नसकीएको परिवारको गुनासो – सहयोगको लागि अपिल (भिडियो सहित)

– बैजनाथ

आफ्ना दुबै हात गुमाएका बाँके बैजनाथ गाँउपालिका ८ का बुद्धिमान कुँवरले कष्टकर जिवन जिउँदै आएका छन । रोजगारीको सिलसिलामा भारतको सिमला पुगेका कुँवरको विद्युतीय दुर्घटनामा पर्दा दुई हात र एक खुट्टा गुमाउन बाध्य भएका थिए । भारतको सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमानले बोकेको सरियाले विद्युतको तारमा छोएको थियो । विद्युतीय करेण्टले जलेको उनको दुबै हात काटिएको छ ।

पूर्ण रुपमा अपाङ्ग भएका कुँवरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको परिवारको गुनासो छ । ‘उपचारकैलागि सबै जग्गाजमिन बेचियो’ कुँवरले भने, ‘दिशा पिसावकालागि आवतजावत गर्न सक्ने सम्मको मात्रै उपचार भए पनि सहज हुने थियो ।’

कष्टकर जिउन जिउँदै आएका बुद्धिमानले उपचारकालागि काठमाण्डौंबाट २६ हजार १ सय ५० र बैजनाथ गाउँपालिकाबाट १० हजार सहयोग प्राप्त गरेका छन । आमा बिमुका अनुसार काठमाण्डौंको एउटा टिमले बुद्धिमानको उपचारकालागि केही रकम सहयोग गरेपनि अन्य कुनै निकायबाट हालसम्म सहयोग जुट्न सकेको छैन । हालै २३ वर्षमा प्रवेश गरेका बुद्धिमान आफै केही गर्न सक्ने अवस्थामा नरहेको र उपचारकालागि परिवारसँग प्रयाप्त रकम नभएकाले कष्टकर जिवन जिउन बाध्य छन । बुद्धिमानलाई सहयोग गर्न चाहने ब्यक्तिहरुले ९८२२४१५५२७ मा सम्पर्क गर्न सकिने उनको परिवारले जनाएको छ ।

के भन्छन त बुद्धिमान

तस्बिर : भगतराम थारु

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार