दोस्रो एकदिवसीय क्रिकेटमा यूएईविरुद्ध नेपालको सानदार जित (फोटो फिचर)

काठमाडौं ।

यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले विशाल जित हात पारेको छ।

नेपालले यूएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको छ। नेपालको ओडिआई इतिहासमा यो सबैभन्दा ठूलो जित हो । २४३ रनको लक्ष्य पाएको यूएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा अलआउट गर्दै ऐतिहासिक जित हात पारेको हो।

नेपालको जितमा रोहित पौडेल, सोमपाल कामी र सन्दीप लामिछाने नायक बने। सोमपालले ओडिआई करिअरकै उत्कृष्ट बलिंग गर्नेक्रममा ५ विकेट लिए । उनले ६ ओभर ३ बलमा एक मेडनसहित ३३ रन दिएर ५ विकेट लिए। सोमपालले यूईका शुरुआती ४ ब्याट्सम्यानलाई आउट गरे भने अन्तिम ब्याट्सम्यान जहुर खानलाई क्याच आउट गराउँदै नेपाललाई एतिहासिक जित दिलाए।

यस्तै सन्दीप लामिछानेले ४ विकेट लिए। उनले यूएईको मध्यक्रम ध्वस्त बनाउने क्रममा एकै ओभरमा ३ विकेट लिएका थिए । यस्तै एक जना ब्याट्सम्यान कप्तान मोहम्मद नाभेद भने रनआउट भए।

यसअघि संकटमा परेको नेपाली ब्याटिंगलाई रोहितले उकासेका थिए। सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने विश्वकीर्तिमान बनाएका रोहितले ५८ बलमा ५५ रनको योगदान दिएका थिए। ११३ रनमा ५ विकेट गुमाएको अवस्थामा ब्याटिंग थालेका रोहितले आरिफ शेखसँग मिलेर नेपालको स्कोर १९३ पुर्याएका थिए।

२४३ रनको लक्ष्य पछ्याएको यूएईको ब्याटिंग लाइन ध्वस्त भएको छ । सोमपालले ध्वस्त बनाएको यूएईको ब्याटिंग लाइन सन्दीप लामिछाने तहसनहस पारेका छन् । सन्दपीले एउटै ओभरमा तीन विकेट लिँदै यूएईलाई तहसनहस पारेका हुन्।

तस्विर : रमन शिवाकोटी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार