भोइस अफ नेपाल। लिस्बन , पोर्तुगल।
मगर समाज पोर्तुगलका अध्यक्ष चोप कुमार रानामगर आज कार दुर्घटनामा परेका छन्। आजै समाजको माघी संक्रान्ति बिशेष सांस्कृतिक कार्यक्रम भएकोले कार्यक्रमकै तयारीको लागि जाने बेलामा कार दुर्घटना भएको हो।
कार्यक्रमस्थल जिनाजियो हल र केनाई बिचमा अल्मरेन्त रेइसको चोकमा अञ्जॊसतर्फबाट आउदै गरेको एम्बुलेन्सले अध्यक्ष रानामगरको SX-80-53 नम्बरको होन्डा कारलाई दिउसो करीब १२:१५ बजेतिर चालकको साइडमा ठक्कर दिएको हो। दुर्घटना लगत्तै घटनास्थलमा आएको अर्को एम्बुलेन्सले उद्दार र उपचार गरेको थियो। ठक्करले अध्यक्ष रानामगरको कारमा क्षति पुगेको छ भने उनलाई सामान्य चोट लागेको बुझिएको छ। सामान्य चोट लागेको भएतापनि थप अनुसन्धान र उपचारको लागि अस्पताल लागिएको छ ।
मगर समाजको आजको कार्यक्रम पूर्व निर्धारित समय अनुसार नै शुरु भईसकेको र कार्यक्रममा अध्यक्ष समेत सहभागी हुने कुरा भोइस अफ नेपालका प्रतिनिधिसँग समाजकै सल्लाहकार नारायणकाजी मगरले बताएका छन्। आजको कार्यक्रम भब्य रुपमा सफल गर्न र मगर समुदायको संस्कृति र सभ्यताको अनुभूति गर्न पोर्तुगलवासी
नेपालीहरुलाई समजले उपस्थितिको लागि अनुरोध गरेको छ।