मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नेपालबाट आएका तथा पोर्तुगलमै रहेका स्थानीय कलाकारहरुले बेजोड प्रस्तुतिहरु दिएका थिए।
कार्यक्रमको अध्यक्षता अध्यक्ष चोपकुमार राना मगर, सञ्चालन समाजका महासचिव कमल पुन र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष हुतराज पुन मगरले गरेका थिए । साँस्कृतिक कार्यक्रमको सञ्चालन समाजकै सचिव तेज गाहा मगरले गरेका थिए ।
नेपालबाट आएका कलाकारहरु जुना श्रीस मगर, बिलन थापा मगर र बिरु लामाको प्रस्तुतिले कार्यक्रममा रौनकता थपेको थियो ।पोर्तुगलमा रहेका कलाकारहरु सुवासचन्द्र पुन मगर, गीता रेउले, किरण दीप, बिनोद मगर र सुरक्षा आले मगरलगायतका कलाकारहरुले पनि कार्यक्रममा आफ्ना प्रस्तुति राखेका थिए ।
कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, समाजका पूर्व अध्यक्ष नारायणकाजी थापा मगरलगायतले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
फोटो: योगेन्द्रमिलन