कलाकारिताको अवसर बन्दै ‘टिकटक’

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’

यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक सञ्जाल फकेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइकसेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त सम्बादल जसले बनाएपनि रातारात ‘भाइरल’ बन्न सफल भइका छन् ।

यही सम्बाल पूर्व–मिस नेपाल रुवी राणा शाहले पनि यो साता आफ्नो भिडियो बनाएर फेसबुकमा पोष्ट गरेकी छन् । उनले उक्त भिडियोबाट थुप्रै प्रतिक्रिया पनि पाएकी छन् । पूर्व मिस नेपाm राणा प्रत्येक दिन कुनै न कुनै ‘टिकटक’ वा अरु कुनै भिडियो बनाएर आफ्नो फेसबुक अकाउन्टमा पोष्ट गर्छिन् ।

टिकटककाृ ट्रेण्ड आउनु अघि रुवी आफ्नो बुटिकमा विभिनन गीतमा तनृत्य गरेको भिडियो पोष्ट गर्थिन् । तर, जब मुजिकल्ली हुँदै टिकटक भित्रियो, तब यी पूर्व मिस नेपाललाई वरदान सावित भएको छ । रुवी कलेक्शन नामक बुटिक सञ्चालन गर्दै आएकी शाहलाई टिकटकले आफ्नो ब्यवसाय प्रवद्र्धन समेत सहज बनाइदिएको छ ।

टिकटक एक इन्टरटेन्मेन्ट एप्लिकेशन हो, जसमा आफूले चाहेको गीत वा सम्बादमा बढीमा १५ सेकेण्डको भिडियो बनाउन सकिन्छ । सुरुमा मुजिकल्ली नाममा आएका थियो, यो एप्लिकेशन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार