नेपालीहरुको सक्रियतामा पोर्तुगलमा रक्तदान सम्पन्न, २५ नेपालीले गरे रक्तदान

अल्गार्भ , पोर्तुगल ।

पोर्तुगलको अल्गार्भमा २५ जना नेपालीहरुले रक्तदान गरेका छन्। गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा, मोण्टे गोर्दो र क्वार्तेरा आदि स्थानमा बसोवास गर्ने नेपालीहरु बिहानै ८:३० बजेदेखि भेला भएका थिए।

स्थानीय नेपाली र पोर्तुगिस समुदायमा पनि एनआरएनए अल्गार्भ क्षेत्रीय समिति यसले गरेका सामाजिक कार्यहरुले गर्दा लोकप्रिय छ ।

“हामी सकेसम्म रचनात्मक कामहरु गर्दै आएका छौं, हाम्रो स्थानीय पोर्तुगिस समुदायसंग पनि हार्दिक र न्यानो सम्बन्ध छ” एनआरएनए क्षेत्रीय समितिका अध्यक्ष अनिल शर्माले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार