– सुरेश जोशी ,
लिस्बन, पोर्तुगल।
विदेशिय तथा सीमा सेवा (सेफ) ले शुक्रबार गरेको एक सर्च अप्रेशनमा तीन जना बिदेशी नागरिक पक्राउ गरेको छ। सेफले गरेको सो सर्च अप्रेशनमा सिन्त्रा नगरपालिकामा व्यावसायिक प्रतिष्ठानति तीन विदेशी नागरिकहरू गैर कानुनी अवस्थामा रहेको फेला पारेको थियो ।
यस अभियानमा क्याकेम, मासामा, मेम मार्टिन्स, टेरुगेम र रलमा भएको थियो। ६ व्यापारिक प्रतिष्ठानहरू लक्षित सो सर्च अप्रेशनमा ४५ जना नागरिकलाई सोधपुछ गरिदा ३९ जना विदेशीहरू फेला परेका थिए । पक्राउ परेका ३ नागरिकहरु पोर्तुगलमा अनियमित तथा गैर कानुनी अवस्थामा थिए, जसमध्ये दुईलाई देश निकालाको आदेश दिईएको थियो भने एक जनालाई हिरासतमा राखिएको थियो, र अहिले लार्स अदालतमा उपस्थित गराईएको छ ।
सेफको सो सर्च अप्रेशनमा गैर कानुनी कामदार राखेको अभियोगमा दुईजना रोजगारदातालाई समेत जरिवाना र कारवाही गरिएको छ।
पोर्तुगलमा आप्रवासीहरु बढेसंगै यहाको सिमा सुरक्षा निकाय सेफले सर्च अप्रेशनमा तिब्रता ल्याएको छ। सेफको “बेइजिङ” अप्रेशनमा १० जना सुरक्षा अधिकारीहरुले भाग लिएका थिए।