लिस्बन, पोर्तुगल।
विदेशी र सीमावर्ती सेवा (सेफ) ले पछिल्लो हप्तामा मदेईराको १६ होटेलमा छापा मारेको छ। गैरकानूनी श्रमको भर्तीले राष्ट्रिय सुरक्षामा पर्नसक्ने खतरा र त्यसबाट उत्पन्न हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेफले सो सर्च अप्रेशन गरेको हो ।
मदेईराको कल्टामा सेफको चेकजाँचको क्रममा एक बिदेशी नागरिक कागजपत्र बिहिन भेटिएपछि देश निकालाको आदेश दिएको छ।
सर्च अप्रेशनको क्रममा २ होटेलहरुमा कानुन उल्लङ्घन गरेको फेला परेको र उनीहरुलाई जरिवाना गरिएको सेफले जनाएको छ।
यो पनि पढ्नुहोस् !