पोर्तुगलमा नेपाल महोत्सव हुदै, अल्गार्भको आल्बुफेरा ” होस्ट सिटी “

भोइस अफ नेपाल , अल्बुफेरा।

पोर्तुगलको अल्गार्भ क्षेत्रको पर्यटकीय नगरी आल्बुफेरामा पहिलोपटक नेपाल महोत्सव हुने भएको छ। महोत्सव गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भले आयोजना गर्न लागेको हो।

फेब्रुअरी २४ तारिख सम्पन्न हुने नेपाल महोत्सवमा आल्बुफेरा नगरपालिकाको सहयोग रहेको छ। गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भले नेपाल पर्यटन बोर्डसंग सहकार्य गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रवर्द्धनमा टेवा पुर्याउनुका सो महोत्सव गर्न लागेको हो।

महोत्सवमा नेपाली कला,संस्कृति,भेषभुषा र खाना मुख्य आकर्षण रहने छन्। महोत्सवमा नेपाली भेषभुषा झल्कने पोषाक र नेपाली बाजागाजा सहितको झाँकिले शहर परिक्रमा गर्ने र अन्तमा महोत्सवस्थलमा औपचारिक कार्यक्रम पश्चात् सांस्कृतिक कार्यक्रम हुने आयोजकहरुले बताएका छन्।

महोत्सवको औपचारिक कार्यक्रम आल्बुफेरा नगरपालिकाको सभाहलमा हुने भएको छ। अल्गार्भ क्षेत्रमा सम्पन हुन गईरहेको प्रथम नेपाल महोत्सवमा अल्गार्भ क्षेत्र लागायत राजधानी लिस्बन र पोर्तुगलका अन्य ठाउबाट नेपालीहरुको उल्लेख्य उपस्थिति हुने बिश्वास आयोजकले गरेका छन । महोत्सवको पूर्ण तयारी भईसकेको आयोजकहरुले बताएका छन्।

अल्गार्भ क्षेत्रमा सम्पन्न हुने प्रथम नेपाल महोत्सवमा सक्रिय सहभागिताको लागि आयोजक तथा क्षेत्रीय अध्यक्ष अनिल शर्माले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार