बेल्जियम।
पोर्तुगलमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव पत्रकार योगेन्द्रमिलन छन्त्याल माथि १६ मार्च शनिवारका दिन राति फोन गरी दिईएको ज्यान मार्ने धम्कीप्रति महासंघले दुख व्यक्त गर्दै घोर निन्दा तथा भर्त्सना गरेको छ।
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलन्तेजो पोर्तुगलको प्रथम साधारण सभा तथा नेपाल फेस्टिभल को कार्यक्रममा पोर्तुगलमा खेतीमा काम गर्ने नेपाली मजदुरहरुको पीडाको बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बिषयलाई लिएर पेङ्गुइन युनिपेसोआल एलडीएका संचालक प्रल्हाद रिजालले गैर आवासिय नेपाली संघ पोर्तुगलका सदस्य राजकुमार मल्लको फोनमा कृषि मजदुरका आवाजहरु उठाए ज्यान मार्ने सम्मको धम्कि दिएका थिए ।
कार्यक्रमको सिलसिलामा दर्जनौ सहभागीहरुले अधिकांश खेती मालिकहरुले सामाजिक सुरक्षा नम्बर निकाल्दा ३०० युरो र घरमा बसेको १५० युरो अग्रिम सङ्कलन गर्ने गरेका र बिना जानकारी कामबाट निकाल्ने गरेको शिकायत गरेका थिए । उनीहरुले यसपालीको एनआरएनए सदस्यता वितरण यिनै तीन चारजना खेती मालिकहरुबाट सङ्कलन भएको दावी गरे । उनीहरुले आफूहरुलाई सदस्य बन्ने र निर्वाचनमा सहभागी बन्न नदिएको गुनासो गरे । यस कुरालाई पत्रकार योगेन्द्रमिलन छन्त्यालले आयोजकसँग एक मिनटको समय माग गरी ३५ सेकेण्डमा नै आफ्नो भनाई प्रष्ट्याएका थिए ।
महासंघका अध्यक्ष केजिन राईद्वारा प्रेषित सो बिज्ञप्तिमा भनिएको छ , ” पत्रकारिता र पत्रकारसँग कुनै पनि बिषयमा फरक मत र असहमति भए सच्याउने , बसेर छलफल गर्ने बाटो हुदाहुदै ज्यान मार्ने धम्की दिनु आधुनिक समाजमा अत्यन्तै गलत र गैर कानुनी कार्य हो। यस्ता कार्य नदोहर्याउन सम्बन्धित पक्षलाई सचेत गराउदै भविष्यमा यस्ता घटना फेरी दोहरिएमा कानुनी उपचारको बाटोमा लाग्ने कुरा प्रष्ट पार्न चाहन्छौ।”
परदेशमा नेपालीका खबर प्रकाशन , प्रशारण गर्ने पत्रकार तथा संचारकर्मीको सम्मान गर्न पनि सम्बन्धित पक्षलाई महासंघले हार्दिक आग्रह गरेको छ।
यसअघि नेपाली जर्नालिष्ट क्लब पोर्तुगलले रिजाललाई तत्काल माफी माग्न र सुध्रन अवसर दिने जनाएको छ । अन्यथा कानूनी उपचारमा लाग्ने चेतावनीसमेत दिएको छ । विज्ञप्ति यस्तो रहेको थियो :
प्रेस विज्ञप्ति !
पीडितहरुको आवाज उठाएकै भरमा मिडियाकर्मीहरुले कहिलेसम्म ज्यानमार्ने धम्की खानुपर्ने ?
नमस्ते नेपाली डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालमाथि १६ मार्च, शनिवारका दिन राति फोनकल गरी दिईएको ज्यानमार्ने धम्कीप्रति नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलको गम्भिर ध्यानाकर्षण भएको छ ।
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलन्तेजो पोर्तुगलको प्रथम साधारण सभा तथा नेपाल फेस्टिभल को कार्यक्रममा पोर्तुगलमा खेतीमा काम गर्ने नेपाली मजदुरहरुको पीडाको बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बिषयलाई लिएर पेङ्गुइन युनिपेसोआल एलडीएका संचालक प्रल्हाद रिजालले गैर आवासिय नेपाली संघ पोर्तुगलका सदस्य राजकुमार मल्लको फोनमा कृषि मजदुरका आवाजहरु उठाए ज्यान मार्ने सम्मको धम्कि दिएका छन्।
आधुनिक समाजमा सामाजिक विसंगति बिरुद्ध बोलेको , पिडितहरुको आवाज उठाएकै भरमा र समाचार लेखेकै भरमा कुनै पनि संचारकर्मीमाथिको दुर्व्यवहार र धाकधम्की अति नै निन्दनीय कार्य हो । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि औंला ठडाउने यस अशोभनीय घटनाको नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल घोर निग्दा र भ्रर्त्सना गर्दछ ।
पत्रकार र मिडियाकर्मीहरुमाथि गरिने दुर्व्यवहार र ज्यानमार्ने धम्कीप्रति नसच्चिए नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल कानुनी उपचार लिन बाध्य हुने चेतावनी समेत दिन चाहन्छ।
साथै यो निन्दनीय घटनाप्रति एन आर एन ए अलेन्तेजोका अध्यक्ष शिवभक्त वाग्ले र एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्की र खेती कम्पनीका नेपाली संचालकहरुको समेत ध्यानाकर्षण गराउदछौ ।
बिमत्ति भएका हरेक बिषयहरुमा छलफल र वार्ताद्वारा समाधान गर्न र भविष्यमा कोही कसैबाट पनि संचारकर्मीमाथि यस्ता निन्दनीय कार्य नदोहोरियोस् भनी नेप्लिज जर्नालिष्ट क्लब सरोकारवाला सबैलाई सचेत समेत गराउदछ ।