“सहयोगी मन पोर्चुगल”द्वारा पोर्तुगलमै पहिलोपटक नेपालीहरुका लागि स्वस्थ्य शिविर सम्पन्न, ६० जनाले गराए स्वाथ्य परीक्षण ( भिडियो हेर्नुहोस् )

लिस्बन, पोर्चुगल।

श्रम बजारका लागि पोर्तुगलमा नेपालीहरुको संख्या बढेसँगै यहाँ काम गर्ने नेपालीहरुको स्वास्थ्यमा जटिलता पनि बढ्न थाले। भाषाको समस्याले गर्दा आफ्ना समस्याहरु चिकित्सक र अस्पतालमा स्पष्टरुपमा भन्न नसक्दा कयौ नेपालीहरुले आफ्नो उपचार गराउन कठिनाई भोगेका छन् ।

पोर्तुगलको राजधानी लिस्बनमा आज नेपालीहरुका लागि नि:शुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । ” सहयोगी नेपाली मन” नामक नेपाली युवाहरुको सामाजिक संजाल समुहले आफ्नो SNMP YOUTH DESK द्वारा संचालित “सहयोगी स्वास्थ्य शिविर” मा ६० जना नेपालीहरुले स्वास्थ्य जाँच र परामर्श लिएका थिए ।

सो शिविरमा पोर्तुगलमा लाइसेन्स प्राप्त पहिलो नेपाली नर्स इन्दिरा ब्यन्जनकार श्रेष्ठले स्वास्थ जाँच गरी र परामर्श दिएकी थिइन्।

सो स्वास्थ्य शिविरमा सहभागीहरुको तौल, ब्लड प्रेसर र सुगर नाप गरिएको थियो भने स्वास्थ्य समस्या अनुसार समाधान र उपचारका बारेमा परामर्श दिइएको नर्स इन्दिरा ब्यन्जनकार श्रेष्ठले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार