IRS भर्ने पहिलो दिनमै फिनान्सको वेब साइट डाउन

लिस्बन, पोर्तुगल।

आर्थिक बर्ष २०१८ को IRS भर्ने पहिलो दिनमै फिनान्स कर कार्यालयको वेब साइटमा समस्या आउनुको साथै डाउन समेत भएको छ।

IRS भर्ने पहिलो दिनमै अत्याधिक नागरिकहरुले कर फिर्ताको लागि अनलाइन आबेदन दिएपछि सो समस्या आएको हो।

IRS अनलाइन आबेदन खुलेको पहिलो दिन अप्रिल १ तारिखको पहिलो केही मिनेटमै ६ हजार भन्दा बढीले लगइन गरेपछि फिनान्स कर कार्यालको वेब साइटले आवेदकहरुको भार थेग्न सकेन र साइटमा समस्या पुग्नगएको बुझिएको छ।

आर्थिक बर्ष २०१८ को IRS अप्रिल १ तारिखदेखि जुन ३० तारिखसम्म आबेदन दिन सकिनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार