यस्ता छन् सुन्तलाका फाइदै फाइदा,शुक्रकिट बढाउनेदेखि क्यान्सर रोगबाट समेत बचाउने

काठमाडौं

सुन्तलामा प्रशस्त साइट्रस लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ । सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।

मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्छ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट्स मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

सुन्तलाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलस्ट्रोल सन्तुलनमा राख्छ ।नयाँ पत्रिकामा खबर छ ।थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ । सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार