टिचिङ हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा एक नर्सको शव फेला

जनकपुर

धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् । प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । यता मृतकका परिवारले घटना आत्महत्या नभई हत्या रहेको दाबी गरेका छन ।उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार