राज्यमन्त्रीकै अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला

जनकपुर ।

जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्स रक्षा आले अस्पतालको शौचालयमा मृत फेला परेकी छन् ।

आइतबार उनी अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।महोत्तरी घर भएकी अन्दाजी २५ वर्षीया रक्षा विगत सात महिनादेखि उक्त अस्पतालमा कार्यरत थिइन् । उनको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

रक्षाको परिवारले भने उनले आत्महत्या नगरेको दावी गरेका छन् ।

सानो शौचालयको भुईमा खुट्टाले तल भुइँ छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएको भन्दै रक्षाले आत्महत्या गरेको विश्वास नलागेको उनीहरुको भनाइ छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवको लगानीमा सञ्चालित अस्पताल हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार