नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगायो !

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिका पदाधिकारी टुंगो लगाएको हो । तर सूची हेर्न नदिएको भन्दै सचिवालयकै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार