स्व. मनिष भुजेलको सम्झनामा लिस्बनमा श्रद्धाञ्जली सभा सम्पन्न

लिस्बन ।

पोर्तुगलमा निधन भएका स्व. मनिष भुजेलको सम्झनामा लिस्बनमा २१ अप्रिल आइतबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। स्वर्गीय भुजेलको पोर्तुगलको राजधानी लिस्बनमा १४ अप्रिलका दिन सान्तु आन्तोनिओ दुस कापुसुस अस्पातलमा उपचारको क्रममा निधन भएको हो।

गोर्खा काफलडाँडा हंशपुरका २९ बर्षिय स्व. मनिष भुजेलको सम्झनामा जन प्रगतिशील मोर्चा पोर्तुगलद्वारा आयोजित श्रद्धाञ्जली सभामामा नेपालीहरु स्व. भुजेललाई अन्तिम श्रद्धा सुमन व्यक्त गर्न स्थानीय कुखुरे पार्क पुगेका थिए । श्रद्धाञ्जली सभामा एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की सहित पोर्तुगलमा रहेका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुले श्रद्धाञ्जली दिएका थिए ।

मोर्चाका अध्यक्ष पुर्ण बिकको सभापतित्वमा भएको श्रद्धाञ्जली सभालाई महासचिव प्रदीप अधिकारीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार