लिस्बन, पोर्तुगल।
शिव मन्दिर लिस्बनमा भव्यताकासाथ होली पर्व मनाईएको छ।
पोर्तुगलका लागि भारतीय राजदुत नन्दिनी सिंगलाको प्रमुख आतिथ्यमा मनाईएको होली पर्वमा गैह्र आवसिय नेपाली संघलाई पनि बिशेष निमन्त्रणा रहेको थियो। बिशेष अतिथिमा संघको तर्फबाट अध्यक्ष कुबेर कार्की रहेका थिए। संघको टोलीमा उपाध्यक्षद्वय ईश्वर रिजाल र भुपेन्द्र बस्नेत र सचिव प्रकाश कडरिया अतिथिको रुपमा उपस्थित थिए।
नगरपालिकाले सहयोग स्वरुप दिएको १६ हजार वर्गमिटरमा युरोपकै ठुलो शिव मन्दिर बन्नेछ। हाल मन्दिरको लागि बहुउद्धेश्य हाल निर्माण भईसकेको छ भने चाडैनै मन्दिर निर्माण हुने बुझिएको छ। मन्दिर व्यवस्थापन समितिले नेपाली समुदायलाई पनि शिव मन्दिर स्थापनामा स्वागत गरेको छ।
नेपालको पशुपतिनाथ मन्दिरबाट माटो ल्याएर शिव मन्दिर स्थापना गरिने समितिले जनाएको छ। यसका लागि एनआरएन प्रेसिडेन्ट कुबेर कार्कीसंग कुरा भईसकेको र विधिवत रुपमा पशुपतिनाथ मन्दिरको माटो नेपालदेखि पोर्तुगलसम्म ल्याउन नेपाल सरकारका आधिकरीहरुसंग संघका अध्यक्ष कार्कीले पहल भईरहेको बुझिएको छ। यसले नेपाल र पोर्तुगलको हिन्दु समुदायसँगको सम्बन्ध अझै नजिक र बलियो हुने बिश्वास गरिएको छ।
शिव मन्दिर व्यवस्थापन समितिले पशुपतिनाथ मन्दिरको माटो पोर्तुगलमा बन्ने शिव मन्दिरको फाउन्डेसनमा प्रयोग गरी सुद्धि गरिने र यसले शिव मन्दिरको गरिमा बढ्नुको साथै दुई देशको बिचमा अझै सुमधुरता आउने बिश्वास गरेको छ।
होली पर्वमा साकाहारी भोजनका साथै अबिर, नृत्य, बलिवुड गाना र नृत्य, सास्त्रीय नृत्य र संगीतका साथै विभिन्न स्टलहरु पनि राखिएका थिए।
नेपाली समुदायले पनि शिव मन्दिर निर्माणमा सहयोग गर्न सके यसले दुई देश र समुदायको बिचमा भावनात्मक र धार्मिक सम्बन्ध बिस्तारमा निकै ठुलो टेवा पुग्ने देखिन्छ।