काठमाडौँ ।
राष्ट्रिय मानवधिकार अधिकार आयोगले आयोगको नेपालगञ्ज कार्यालयमा शरण लिइरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता दानबहादुर खडेराको विषयमा आकस्मिक बैठक बोलाएको छ ।
नेपालगञ्ज स्थित आयोगको कार्यालयमा सुरक्षा माग गर्दै नेता खडेराले शरण मागेपछि उनको खोजी गर्दै प्रहरी कार्यालयमै पुगेको भन्दे उत्पन्न परिस्थितिबारे छलफल गर्न आयोग आज आकस्मिक बैठक बोलाएको हो ।
आइतबार विप्लव समूहका नेता खडेरालाई रिहा गर्न अदालतले आदेश दिए पनि प्रहरीले उनलाई बाँके जिल्ला अदालत परिषरबाटै पक्राउ गर्न खोजेको थियो । त्यसलगत्तै नेता खडेरा सुरक्षाको माग गर्दै आयोगको नेपालगञ्जस्थित कार्यालयमा पुगेका थिए । तर उनको पक्राउका लागि प्रहरी आयोगकै कार्यालयमा पसेपछि काठमाडौँमा आयोगको अध्यक्ष अनुपराज शर्माले आकस्मिक बैठक बोलाएका हुन् ।